डा. केसीले नागरिककाे माग उठाउनुभएकाे छ, सरकारले वार्तामार्फत सम्बाेधन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

 असोज १६, २०७७ शुक्रबार १३:४६:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा. गोविन्द केसीलाई भेट गरी स्वास्थ्य अवस्था बुझ्नुभएको छ ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत डा. केसीको स्वास्थ्य अवस्था बुझ्न पूर्वराष्ट्रपति यादव शुक्रबार त्रिवि शिक्षण अस्पतालमा पुग्नुभएको हो । डा. केसीलाई भेटेपछि पत्रकारहरुसँग कुरा गर्दै पूर्वराष्ट्रपति यादवले चिकित्सा शिक्षा सुधारको लागि जायज माग राखी सत्याग्रह गर्नुभएका डा. केसीले नागरिककाे माग उठाएकाले वार्तामार्फत समस्या समाधान गर्न सरकारले छिट्टै पहल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

डा. केसीले राख्दै आउनुभएका मागहरु पूरा हुने चरणमा रहेको भनेर सरकारले बताइसकेको अवस्थामा तत्काल वार्ताको वातावरण निर्माण गरी समस्या समाधान गर्न आग्रहसमेत पूर्वराष्ट्रपति यादवले भन्नुभयाे । आफ्नो ज्यानको परवाह नगरि सत्याग्रहमार्फत जनताको मागलाई उठाउँदै आएकाले डा. केसी राष्ट्रको सम्पत्तिको रुपमा रहनुभएको टिप्पणीसमेत पूर्वराष्ट्रपति डा. यादवले गर्नुभयो । राष्ट्रकै अमूल्य सम्पत्तिको रुपमा रहेका डा। केसीको ज्यान बचाउन पनि छिटो भन्दा छिटो वार्तामार्फत समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभयो ।  

डा केसीको यो १९ औँ सत्याग्रह हो । विभिन्न माग राखेर १९ दिन अघिदेखि जुम्लाबाट सत्याग्रह सुरु गर्नुभएका डा. केसी अहिले त्रिवि शिक्षण अस्पतालमा रहनुभएको छ । चिकित्सा शिक्षा सुधार, कोभिड १९ रोकथाम तथा नियन्त्रण सम्बन्धमा विभिन्न माग राखेर डा. केसी अनशनमा बस्नुभएको हो ।

अनशनकाे १९ दिन बितिसक्दा पनि सरकारले समस्या समाधानका लागि अहिलेसम्म कुनै पहल गरेको छैन । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया