किसान सूचीकरण कार्यक्रमलाई प्रभावकारी बनाउन सरकार र किसान सक्...
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – लोक सेवा आयोगले कर्मचारी माग भएमा नियमित पदपूर्तिको कार्यक्रम अघि बढाउन तयार रहेको बताएको छ । बिहीबारकाे मन्त्रिपरिषद् बैठकले नियमित विज्ञापनको सम्पूर्ण पदपूर्तिसम्बन्धी व्यवस्था फुकुवा गर्ने निर्णय गरेपछि आयोगले पदपूर्ति कार्यक्रम अघि बढाउन तयार रहेको बताएको हो ।
अहिले नयाँ भर्ना प्रक्रियाका लागि माग नरहेको र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माग पठाएमा नियमित भर्ना प्रक्रियाका काम सुरु गर्ने लोक सेवा आयोगकी प्रवक्ता गीता कुमारी होमेगाईले बताउनुभयो । लोक सेवाको नियमित तालिकाअनुसार पनि अब विभिन्न तहमा नियमित विज्ञापन आह्वान गर्ने समय भएकोले मन्त्रालयबाट माग आउनसाथ विज्ञापन प्रक्रियामा जाने उहाँले बताउनुभयो ।
कोरोना भाइरस महामारी रोकथामका लागि लगाएको लकडाउनसँगै सरकारले कर्मचारी भर्ना प्रक्रिया स्थगित गरेको थियो । परीक्षाको प्रक्रिया सुरु भइसकेका पदको बाँकी प्रक्रिया पूरा गर्न यसअघि नै अनुमति दिए पनि सरकारले नयाँ सरकारी कर्मचारी भर्नाको नयाँ नियमित विज्ञापनको काम सुरु गर्न अनुमती दिएको थिएन ।
आयोगले नयाँ विज्ञापन स्थगित हुँदा निजामतीसहित विभिन्न सरकारी सेवाका लागि परीक्षाको तयारी गरिरहेका हजारौँ मानिसहरू अन्योलमा परेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।