खाेप ल्याउन कसैसँग सम्झाैता भएकाे छैन : मन्त्रालय

 असोज १६, २०७७ शुक्रबार १७:२८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले कोरोना भाइरसविरुद्धकाे खोप आयातसम्बन्धी कसैसँग सम्झौता नगरेको स्पष्ट पारेको छ ।

एउटा भारतीय कम्पनीले रुसमा बन्दै गरेको खोप नेपाल ल्याउन सम्झौता गरेको खबरप्रति इङ्गित गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले विश्वमा अहिलेसम्म खोप नै नबनेकोले यसबारेमा सम्झौता नभएको बताउनुभयो ।

विश्वका विभिन्न ठाउँमा विकास गरिरहेका खोप तेस्रो चरणमा पुगेको र यदि सुरक्षित भएर नियामक निकायबाट आम नागरिकमा प्रयोग गर्न अनुमति दिएमा सरकारकै पहलमा खोप ल्याउने पनि उहाँले बताउनुभयो ।  

यसअघि दुई करोड ५० लाख खोप नेपाल ल्याउनका लागि रसियन टाइरेक्ट इन्भेस्टमेन्ट फण्ड (आरडीआईएफ) र ट्रिनिटी फर्मास्युटिकल्स कम्पनीबीच सम्झौता भएको आरडीआईएफ ले निकालेकाे विज्ञप्तिमा भनिएकाे  थियाे ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया