आगो ताप्नेक्रममा जलेर गुल्मीमा एक जना वृद्धको ज्यान गयो
माघ ३०, २०८१ बुधबार
दाङ – प्रदेश ५ सरकारले राजधानी बनाउने निर्णय गरेको क्षेत्रमा जग्गा रोक्का राख्ने निर्णय गरेको छ ।
दाङको राप्ती गाउँपालिका पूरै, गढवा गाउँपालिकाको वडा नम्बर १, २, ३ र अर्घाखाँचीको शीतगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ को जग्गा रोक्का गर्ने निर्णय गरेको प्रदेश ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का सचिव भरतमणि सुवेदीले जानकारी दिनुभयो । ती क्षेत्रमा अर्को सूचना नआएसम्मका लागि जग्गा किनबेच र कित्ताकाट गर्न रोक्का गरेको सुवेदीले बताउनुभयो ।
यसअघि प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश ५ को नाम लुम्बिनी प्रदेश र स्थायी मुकाम अर्थात् राजधानी दाङको भालुवाङलाई केन्द्रमा राखेर बनाउने प्रस्ताव पेस गर्नुभएको थियोे । यो प्रस्ताव प्रदेश सभाबाट पारित भएपछि प्रदेशको राजधानी र नामको टुङ्गो लाग्ने छ ।
शुक्रबार नै प्रदेश सरकारको मन्त्रिपरिषद्ले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।