प्रधानमन्त्रीसँग भेट्दा सतर्कता अपनाएका छौँ, आत्तिनु पर्दैन : सल्लाहकार थापा

 असोज १७, २०७७ शनिबार १७:७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ  - प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कारोना सङ्क्रमण पुष्टि भएको  छ ।

प्रधानमन्त्री ओलीसँग दैनिकजसो भेटघाट गर्ने र सर-सल्लाह गर्ने सल्लाहकारहरुलाई नै कोरोना पुष्टि भएपछि प्रधानमन्त्री पनि स्वतः कोरोनाको जोखिममा पर्नुभएको छ । 

तर प्रेस सल्लाहकार थापाले भने प्रधानमन्त्रीसँग भेट्दा आफूहरुले मास्क लगाउने, दूरी कायम गर्ने, स्यानिटाइजर लगाउने जस्ता सतर्कता अपनाएको बताउनुभयो । 

‘प्रधानमन्त्रीसँग भेट्दा उहाँ वा हामीमध्ये कोही न कोहीले मास्क लगाएकै थियौँ, दूरी कायम गरेका थियौँ, मास्क पञ्जा पनि लगाएका छौँ, पर्याप्त सतर्कता अपनाएकाले प्रधानमन्त्री जोखिममा परिहाल्नुभयो भन्ने होइन, तर उहाँको जाँच हुन्छ ’ थापाले भन्नुभयो । 

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया