अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क च्याम्पियन्स ट्रफी नखेल्ने
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै - नेपालमा कोरोना भाइरसबाट दैनिक औसतमा आठ जनाको ज्यान जान थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । असोज महिनाको तथ्याङ्क हेर्दा औसतमा दैनिक ८ जनाको ज्यान गएकाे पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
भदौ ३१ गतेसम्म कोरोनाबाट ज्यान जानेको संख्या तीन सय ७९ थियो । आज यो संख्या बढेर पाँच सय २८ पुगेको छ । पछिल्लो १७ दिनमा मात्र एक सय ४९ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ ।
कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेहरुमा कडा खालको रोग भएकाहरु बढी रहेको भन्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले ६० वर्षमाथिका नागरिक तथा दीर्घरोग भएकाहरु सकेसम्म घर बाहिर ननिस्कन आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।