आगो ताप्नेक्रममा जलेर गुल्मीमा एक जना वृद्धको ज्यान गयो
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – नेपाल चिकित्सक सङ्घले डाक्टर गोविन्द केसीका मागबारे वार्ता टोली गठन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।
अनशन बसेको २१ दिन पुगिसक्दा डाक्टर केसीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक बनेको तर सरकारले वार्ताको पहलसमेत नगरेकोमा चिकित्सक सङ्घले आपत्ति जनाएको हो ।
सङ्घले ७२ घण्टाभित्र वार्ता टोली गठन गरेर संवाद सुरु गर्न अल्टिमेटम दिँदै सरकारले अटेरी गरेमा जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ । यसबाट पर्न जाने गम्भीर परिस्थितिको जिम्मेवार सरकार नै हुने पनि चिकित्सक सङ्घले जनाएको छ ।
सङ्घले वार्ताका निम्ति सहजीकरणको भूमिका निर्वाह गर्न तयार रहेको पनि जानकारी दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
hari sapkota
Oct. 4, 2020, 5:25 p.m.सरकारले जसरी भएपनि गोविन्द के.सी.को माग पुरा गर्नुपर्छ।