चिनियाँ गाडीले नेपालसम्म नै सामान ल्याउन थाल्याे

 असोज १८, २०७७ आइतबार १८:७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – चिनियाँ मालवाहक गाडीले आज (आइतबार) देखि नेपालसम्म नै सामान ल्याउन थालेका छन् । चिनियाँ गाडीले चीनको स्वशासित क्षेत्र तिब्बतको पाङसिङबाट सिधै नेपालसम्म सामग्री आयात गर्न थालेका हुन् । 

कोभिड–१९ का कारण यसअघि चिनियाँ गाडीले मितेरी पुल पर नै सामान झारेर फर्कने गरेका थिए । जसका कारण सामान लोड–अनलोड गर्न झन्झट हुने, लामो समय लाग्ने र सामान पनि कम आयात हुँदै आएको थियो ।

रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार आइतबार पाँच वटा चिनियाँ गाडीले नेपालको भूभागमै सामान ल्याएर अनलोड गरेका छन् । यसले सामान आयातमा वृद्धि हुने आशा गरिएको छ । यसअघि दैनिक चार वटा गाडी आउने गरेकोमा आइतबार पाँच वटा आएको हो । अब निरन्तर रूपमा आयात बढ्ने उहाँको भनाइ छ । 

त्यसैगरी रसुवागढी नाकामा कार्यरत नेपाली कामदारको चिनियाँ पक्षले पीसीआर परीक्षण सुरु गरेको छ । कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै चिनियाँ पक्षले नाकामा कार्यरत कामदार तथा चालकको सात/सात दिनमा पीसीआर परीक्षण गर्नेछ । 

नाकामा अहिले चालक र कामदार गरी ४९ जना नेपाली कार्यरत छन् । सुरुमा चिनियाँ पक्षले नेपाललाई पीसीआर परीक्षण गर्न आग्रह गरेको थियो । नेपालले प्रत्येक हप्ता जाँच गर्न नसकिने बताएपछि चीन आफैले परीक्षण गर्न थालेको हो । रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, विद्युतीय सामान, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ । 

यस्तै नेपालबाट बाँसको मुढा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ । तर पछिल्लो समय चिनियाँ पक्षले निर्यातको लागि अनुमति दिएको छैन ।  

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया