ताप्लेजुङमा एक गर्भवतीको हेलिकप्टरद्वारा उद्धार

 असोज २२, २०७७ बिहिबार १०:९:८ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ - ताप्लेजुङमा एक गर्भवतीको हेलिकप्टरद्वारा उद्धार गरिएको छ । 

राष्ट्रपति निःशुल्क उद्धार कार्यक्रमअन्तर्गत आठराई त्रिवेणी गाउँपालिका-३ हाम्पाङकी सुत्केरी हुन नसकेकी ३५ वर्षीया चन्द्रकला विककाे उद्धार गरिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले बताउनुभयो । विकलाई हिजो बेलुका उद्धार गरी थप उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर लगिएको छ ।

 ताप्लेजुङ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सोनिङ लामाले महिलामा गम्भीर स्वास्थ्य समस्या देखिएको बताउनुभयो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया