अमेरिकी चुनाव २०२० : ट्रम्प भर्चुअल टिभी बहसमा सहभागी हुन अनिच्छुक

 असोज २२, २०७७ बिहीबार १९:५२:४७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रजातान्त्रिक प्रतिस्पर्धी जो बाइडेनसँग भर्चुअल टिभी बहसमा भाग नलिने बताउनुभएको छ । 

ट्रम्पले फक्स बिजनेससँगको अन्तर्वार्तामा भन्नुभयो, ‘यो व्यवस्था मलाई स्वीकार्य छैन । म व्यक्तिगत बहसमा समय खर्चन चाहन्नँ । कम्प्युटर पछाडि बसेर, हास्यास्पद ।’ यसको साटो ट्रम्पले बरु र्याली गर्ने बताइएको छ । साथै उहाँले कार्यक्रम सञ्चालकहरुमाथि आफ्ना प्रतिस्पर्धी जो बाइडेनलाई बचाउने कोसिस गरेको आरोप लगाउनुभएको छ । 

ट्रम्पले काेराेना भाइरस सङ्क्रमणकाे उपचारपछि यस्ताे निर्णय लिनुभएकाे हाे । अहिले ट्रम्पमा काेराेना भाइरसकाे कुनै लक्षण छैन तर ह्वाइट हाउस सकारात्मक परीक्षणकाे एक समूहसँग जुधिरहेकाे छ । 

आउँदाे चुनावमा राष्ट्रपति पदका अर्का उम्मेदवार जाे बाइडेनले भन्नुभयाे, 'जबसम्म राष्ट्रपति सङ्क्रमित छन्, तबसम्म बहस गर्न हुँदैन । हामी निकै कडा दिशानिर्देशकाे पालना गर्न जाँदैछाैँ ।'

यसअघि ट्रम्प र बाइडेनबीच भएको बहसमा बाइडेन ट्रम्पमाथि हाबी हुनुभएको थियो । उहाँहरुबीच आरोप–प्रत्यारोपसम्म भएको थियो । बहसमा ट्रम्पको प्रस्तुति राम्रो नभएको र फितलो भएको धेरैले टिप्पणी गरेका छन् भने बाइडेनको प्रस्तुति भद्र र सकारात्मक भएको कतिपयको भनाइ छ ।       

 याे पनि पढ्नुहाेस्

राष्ट्रपति पदको उम्मेदवारहरुबीचको बहसमाथि केही समय अघि गैरदलीय आयोगले दोस्रो बहस डिजिटल माध्यमबाट हुने बताएको थियो ।   

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया