कांग्रेस नेता पुनको कोरोना सङ्क्रमणबाट ज्यान गयाे

 कात्तिक ५, २०७७ बुधबार १९:८:१८ | विमल बिष्ट
unn.prixa.net

डोटी – कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएका डोटीका नेपाली कांग्रेसका नेता तेजबहादुर पुनमगरको बुधबार ज्यान गएकाे छ । केआईसिंह गाउँपालिका ४ को पूर्वीयाबगर घर भएका ५० वर्षीय पुन केही दिनअघि बिरामी भएपछि उपचारका लाागि कैलाली जानुभएको थियो । 

उपचारका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँको सेती प्रादेशिक अस्पतालमा रहेको कोरोना अस्थायी अस्पतालको आईसीयुमा राखेर उपचार भइरहेको थियो । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठकाअनुसार निमोनियासहित कोरोना सङ्क्रमित नेता पुनको उपचारकै क्रममा ज्यान गएकाे हो । 

पुन नेपाली कांग्रेसका डोटीबाट महाधिवेशन प्रतिनिधिसहित नेपाल आदिवासी जनजाति सङ्घ डोटीका अध्यक्षसमेत हुनुहुन्थ्यो । उहाँका दुई छोरा र श्रीमती हुनुहुन्छ ।  

अन्तिम अपडेट: चैत ३०, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया