अरिङ्गालको टोकाइबाट दुई बालिकाको ज्यान गयो

 कात्तिक १२, २०७७ बुधबार १३:४६:१२ | विमल बिष्ट
unn.prixa.net

प्रतिकात्मक तस्बिर

डोटी – डोटीको सायल गाउँपालिका १ को छपालीमा अरिङ्गालको टोकाइबाट दुई बालिकाको ज्यान गएको छ । 

जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार अरिङ्गालको टोकाइबाट वडा नं १ का भीमबहादुर रोकायाकी छोरीहरू पाँच वर्षीया मनिषा रोकाया र तीन वर्षीया सिर्जना रोकायाको ज्यान गएको हो । 

घर नजिकै रुखमा रहेको अरिङ्गालको गोलोबाट आएका अरिङ्गालले टोक्दा गम्भीर घाइते दुवै बालिकालाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्था लैजाँदै गर्दा बाटोमै ज्यान गएको स्थानीयवासी प्रेमबहादुर नेपालीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: कात्तिक १३, २०७७

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया