डोटीमा अरिङ्गालको टोकाइबाट एक महिलाको ज्यान गयो

 कात्तिक १७, २०७७ सोमबार १२:१:४० | विमल बिष्ट
unn.prixa.net

 

डोटीमा अरिङ्गालको टोकाइबाट एक महिलाको ज्यान गएको छ । आदर्श गाउँपालिका–१ बाँझककानी बस्ने ७५ वर्षकी कटी लुहारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

गोठालो गएका बेला अरिङ्गालले टोकेर घाइते उहाँको मौवानगरदह स्वास्थ्यचौकीमा उपचारपछि घरमा लगिएको थियो । उहाँको घरमै ज्यान गएको इलाका प्रहरी कार्यालय मौवानगरदहले जानकारी दिएको छ । डोटीको सायल गाँउपालिकामा केहि दिन पहिले पनि एकै घरका दुई बालिकाको अरिङ्गालको टोकाइबाट ज्यान गएको थियो ।

अन्तिम अपडेट: चैत ५, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया