देशलाई प्लास्टिक झोलामुक्त बनाउने नीति कार्यान्वयन हुन सकेन
माघ १०, २०७७ शनिबार
डोटी – भालुको आक्रमणबाट दिपायल सिलगढी नगरपालिका–७ पाकरीको टाटापोल्ला टोल बस्ने ९ वर्षीय टेकबहादुर पार्की घाइते भएका छन् ।
घाइते बालकको दायाँ हातको पाखुरा र टाउकोमा भालुले आक्रमण गर्दा गहिरो चोट लागेको छ । उनको अहिले जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । पाखुराको दुवैतर्फ शल्यक्रिया गर्नुपर्ने उपचारमा संलग्न जिल्ला अस्पतालका डाक्टर सोहम शाहले बताउनुभयो ।
घाइते बालकका बुवा शेरबहादुर पार्कीका अनुसार घर नजिकै भालु आएर बालकलाई झम्टिएर घाइते बनाएको हो । पाकरीमा भालुले बर्सेनि आक्रमण गर्ने गरेको छ । खप्तड राष्ट्रिय निकुञ्जबाट आउने भालु, बँदेलहरुले बर्सेनि यहाँका स्थानीयबासीलाई आक्रमण गर्ने तथा ज्यान नै लिने गरेका छन् ।