मोटरसाइकलले ठक्कर दिँदा एक जनाकाे ज्यान गएपछि डोटीको पिपल्ला बजारमा चक्काजाम

 कात्तिक २५, २०७७ मंगलबार १३:५७:६ | विमल बिष्ट
unn.prixa.net

डाेटी – मोटरसाइकलको ठक्करबाट डोटीमा एक जनाको ज्यान गएपछि पीडित परिवार र आफन्तले प्रमुख व्यापारिक केन्द्र पिपल्ला बजारमा चक्काजाम गरेका छन् । 

दिपायल सिलगढी नगरपालिका ४ काे पिपल्लाकी ७० वर्षीया टिकेश्वरी विकलाई से ५ प ९४६९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उपचारका क्रममा शैलेश्वरी अस्पताल दिपायल पिपल्लामा ज्यान गएको थियो । 

मोटरसाइकलका चालक भागेकाले उनको खोजी गरी कारबाही गर्न पीडित परिवारको माग छ ।  मृतक विकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लैजान नदिएर आफन्तले चक्का जाम गरेकाे इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख धर्मानन्द जोशीले बताउनुभयो । उहाँले ठक्कर दिने मोटरसाइकलका चालकको खोजी भइरहेको जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया