बाइकले ठक्कर दिँदा वृद्धाकाे ज्यान गएपछि बन्द गराइएकाे राजमार्ग खुल्यो

 कात्तिक २५, २०७७ मंगलबार २०:७:१५ | विमल बिष्ट
unn.prixa.net

डोटी – मोटरसाइकलको ठक्करबाट डोटीमा एक जनाको ज्यान गएपछि बन्द गरिएको राजमार्ग खुलेको छ ।

मङ्गलबार बिहान मोटरसाइकलले ठक्कर दिँदा दिपायल सिलगढी नगरपालिका ४ को पिपल्लाकी ७० वर्षीया टिकेश्वरी विकको ज्यान गएपछि मृतकका आफन्तले गरेको डा. केआईसिंह राजमार्गमा पर्ने पिपल्ला बजार बन्द गरेका थिए । 

ठक्कर दिने मोटरसाइकल चालक परार भएपछि पीडित पक्षले उचित क्षतिपूर्तिको माग गर्दै मङ्गलबार बिहान ११ बजेदेखि राजमार्ग बन्द गरेका थिए । फरार भएका चालक पक्राउ नपरे पनि मोटरसाइकल धनी कैलालीका शुभाष अधिकारीलाई कैलाली प्रहरीले नियन्त्रणमा लिएपछि बन्द खुलेको हो ।

राजमार्ग खुलेपछि दिपायलको पिपल्लामा रोकिएका सवारीसाधन तथा यात्रुहरु अहिले आ–आफ्नो गन्तव्यतिर लागेका छन् । विकलाई से ५ प ९४६९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उपचारका क्रममा शैलेश्वरी अस्पताल दिपायल पिपल्लामा ज्यान गएको थियो ।

ठक्कर दिने चालक फरार भए पनि चाँडै नै पक्राउ गरिने जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दा फाँटका प्रहरी निरीक्षक कान्ति जोशीले बताउनुभयो ।  

अन्तिम अपडेट: चैत ६, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया