करेन्ट लागेर डोटीमा एक बालकको ज्यान गयो

 कात्तिक २९, २०७७ शनिबार २०:२६:५३ | विमल बिष्ट
unn.prixa.net

डोटी – आदर्श गाउँपालिका–४ को पातकुट्टे भुवाँ गाउँमा करेन्ट लागेर एक बालकको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मौवानगरदहका अनुसार शनिबार दिउँसो तीन बजे बाख्रा चराउन गएका बेला स्थानीय १२ वर्षीय लोके नागरीको करेन्ट लागेर ज्यान गएको हो ।

गाउँमा विद्युत् विस्तार गरिएको लाइनको सर्पोट तार जमिनमा खुला छाडिएको र त्यो तार छुँदा करेन्ट लागेर नागरीको ज्यान गएको स्थानीयबासीले जानकारी दिनुभयो ।

‘विद्युत् प्राधिकरणको लापर्बाहीका कारण शनिबार तिहारको दिन मेरो छोराको ज्यान गयो, लापर्बाही गर्नेलाई कारबाही हुनुपर्छ’, मृतकका बुबा गणेश नागरीले भन्नुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया