राँगोले हान्दा डोटीमा एक जनाको ज्यान गयो

 कात्तिक ३०, २०७७ आइतबार ११:३०:३५ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको आदर्श गाउँपालिका १ मा राँगोले हान्दा एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रबहादुर मल्लका अनुसार राँगोले हान्दा ज्यान गुमाउनेमा ४० वर्षीय चक्र साउद रहेका छन् । शनिबार दिउसो राँगोले हान्दा गम्भीर घाइते भएका साउदको उपचारका क्रममा शनिबार राति दिपायलको पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा ज्यान गएको हो ।

मृतक साउदको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोटी पठाइएको प्रहरीले जनाएको छ । राँगोले हान्दा साउदको टाउको र छातीमा चोट लागेको थियो । 

अन्तिम अपडेट: चैत १८, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया