गएको २४ घण्टामा ५०२ जना कोरोना सङ्क्रमित थपिए, उपत्यकामा ३ सय ३९ जनामा सङ्क्रमण

 मंसिर २, २०७७ मंगलबार १६:५७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ -  गएको २४ घण्टामा नेपालमा ५ सय २ जनामा कोरोना भाइरसको पुष्टि भएको छ। 

३ हजार १ सय १२ जनाको पीसीआर परीक्षण गर्दा ५ सय २ जनालाई सङ्क्रमण भएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २ लाख  ११ हजार ४ सय ७५  पुगेको छ । यस्तै गएको २४ घण्टामा २ हजार ८ सय ७८ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त  हुनेको संख्या १ लाख ७९ हजार २ सय ४२ पुगेको छ । आज देशभर ३० हजार ९ सय ८६ जना सक्रिय सङ्क्रमित छन् । 

यस्तै, २४ घण्टामा १७ जनाको ज्यान गएसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार २ सय ४७ पुगेको छ । गएको २४ घण्टामा काठमाण्डौ उपत्यकामा ३ सय ३९ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा २ सय ८९, ललितपुरमा ३८ र भक्तपुरमा १२ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसहित काठमाण्डौ उपत्यकामा सङ्क्रमितको संख्या ९७ हजार ५५२ पुगेको छ।

गएको २४ घण्टामा देशभर नेपालमा ५ सय २ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको संख्या २ लाख ११ हजार ४ सय ७५ पुगेको छ ।

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया