कबुल गरेको सुन नदिएपछि बलात्कारको घटना बाहिरियो

 मंसिर ११, २०७७ बिहिबार १७:५५:४३ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेकै समयमा बैतडीमा बलात्कारको घटना मिलापत्र गरेर गाउँमै मिलाउन खोजिएको कुरा बाहिर आएको छ ।

सिगास गाउँपालिका ३ की १८ वर्षीया किशोरीमाथि गएको जेठमा बलात्कार भएको घटना बाहिर आएको हो । त्यही ठाउँका दीपकसिंह धामीले बलात्कार गरेको कुरा झन्डै ६ महिनापछि बाहिर आएको हो ।

गएको जेठमै किशोरीमाथि बलात्कार भएको र त्यो बेला पीडित पक्षलाई एक तोला सुन दिने भन्दै त्यो घटना गाउँमै मिलाइएको बताइएको छ । कात्तिक मसान्तमा पीडित पक्षलाई एक तोला सुन दिने सर्त राख्दै तमसुक बनाए पनि पीडितलाई सुन नदिएपछि मात्र घटना बाहिर आएको हो ।

गएको असार १४ गते त्यो घटनालाई गाउँमै तमसुक बनाएर मिलाएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायणप्रसाद अधिकारीले जानकारी दिनुभएको छ । 

पीडित पक्षसँगको प्रारम्भिक कुराकानीपछि किशोरीमाथि बलात्कार भएको देखिएको र उनीहरुलाई सुन दिने प्रलोभनमा घटना लुकाएको पाइएकाले घटनाको अनुसन्धान अगाडि बढाइएको उहाँले बताउनुभयो । 

तमसुकमा सहमति गरिएअनुसार सुन दिनुको सट्टा पीडकले पीडित पक्षलाई धम्क्याउन थालेपछि बलात्कारको घटना बाहिर आएको हो । यो घटनामा संलग्न सबैको पहिचान गरेर कानुनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ । 

यस्ताे छ तमसुक–

अन्तिम अपडेट: बैशाख ७, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया