शनिबार विशेष : २५ दिनपछि ओली र प्रचण्डबीच एक्लाएक्लै भेटवार्ता !

 मंसिर २०, २०७७ शनिबार १९:५७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शनिबार दिनभरका मुख्य घटनामध्ये धेरैको ध्यान सत्तारुढ नेकपाको सचिवालय बैठकमा केन्द्रित रह्यो ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक अर्कालाई गम्भीर आरोप लगाउँदै छुट्टाछुट्टै प्रस्ताव पेश गरेपछि विवाद उत्कर्षमा पुगेको छ । दुई प्रस्तावमाथि बैठकमा छलफल गर्नुअघि अनौपचारिक छलफल गर्नुपर्ने अडान राख्दै आउनुभएका ओली बुधबारको सचिवालय बैठकमा अनुपस्थित हुनुभयो ।

शनिबारको सचिवालय बैठकमा पनि उहाँ उपस्थित हुने या नहुने अन्योल रहेको बेला दुई अध्यक्ष ओली र प्रचण्डबीच २५ दिनपछि एक्लाएक्लै भेटवार्ता भयो । बालुवाटारमा दुई अध्यक्षको एक्लाएक्लै भेटवार्तापछि सुरु भएको सचिवालय बैठकले दुवै प्रस्तावमाथि आइतबार बस्ने स्थायी कमिटी बैठकमा छलफल गर्ने निर्णय गरेको छ ।

हेरौं आजको योसहित अरु मुख्य खबर :

नेकपाका दुवै अध्यक्षका प्रस्तावमाथि स्थायी कमिटीको बैठकमा छलफल हुने

नेकपाको सुलमा थपियो रामचन्द्रको पुल !

नेपालमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १५ हजार भन्दा कम

२० प्रतिशत नागरिकलाई पुग्नेगरी कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारीमा सरकार

राजतन्त्र पुनर्बहालीको माग गर्दै काठमाण्डौमा प्रदर्शन

यस वर्षको मिस नेपालको उपाधि नम्रतालाई

आठ महिनासम्म बन्द रहेकाे पर्वतीय उडान आजदेखि शुरु

अमेरिकामा कोरोना भाइरसविरुद्ध खोप लिन अनिवार्य नगरिने

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया