शुक्रबार विशेष : प्रचण्ड–नेपाल–खनाल सडकमा, ओली समर्थक नेताहरू सरकारमा !

 पुष १०, २०७७ शुक्रबार २०:१५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल माइतीघर मण्डलाको सडकमा पलेँटी कसेर बसेको दृश्य शुक्रबार सबैभन्दा धेरै चर्चामा रह्यो ।

नेकपाको प्रचण्ड–नेपाल समूहले आयोजना गरेको प्रदर्शनमा पूर्वप्रधानमन्त्रीसहित उनीहरु पक्षका पूर्व मन्त्री, सांसद र अरु नेता कार्यकर्ताको उपस्थिति थियो ।

प्रचण्ड–नेपाल समूहले माइतीघर र निर्वाचन आयोग अघिल्तिर प्रदर्शन गरिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो समर्थनमा रहेका केही नेताहरुलाई मन्त्री बनाउन व्यस्त हुनुहुन्थ्यो । यसअघि राजीनामा दिएका मन्त्रीहरुको ठाउँमा उहाँले पूर्वमाओवादीलाई सन्तुष्ट बनाउने गरी नियुक्त गर्नुभएको छ ।

शुक्रबार नै प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको संवैधानिक इजलासले सरकारको नाममा कारण देखाउ आदेश दिएको छ । हेर्नुहोस् शुक्रबारका मुख्य खबर :

मन्त्रिपरिषद् हेरफेर : ८ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ

प्रतिनिधि सभा विघटन गर्नुकाे कारणबारे सर्वाेच्चले सरकारसँग लिखित जवाफ माग्याे

नेपाल-प्रचण्ड समूहको प्रदर्शन : तीन पूर्वप्रधानमन्त्री सडकमा (फोटो फिचर)

वाग्मती प्रदेश सरकारकाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, तीन जना मन्त्रीको राजीनामा

प्रचण्ड–नेपाल समूह पार्टीकाे आधिकारिकता माग गर्दै निर्वाचन आयोगमा

अदालतले हाम्राे पक्षमा फैसला सुनाउने विश्वास छ : प्रचण्ड

प्रचण्डसँग कम्युनिस्ट आन्दाेलन र पार्टी कमिटीकाे आधारमा चल्ने कुरा मिल्याे : नेता नेपाल

शुक्रबार ६०८ जना काेराेनाका सङ्क्रमित थपिए, ८९२ जना डिस्चार्ज

क्रिसमस डे मनाइयाे

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया