बालकको ज्यान गएको घटनालाई लिएर केआईसिंह राजमार्ग बन्द

 पुस ११, २०७७ शनिबार १२:२६:५१ | विमल बिष्ट
unn.prixa.net

डाेटी - कारको ठक्करबाट बालकको ज्यान गएको घटनालाई लिएर आफन्तले डाक्टर केआईसिंह राजमार्ग बन्द गरेका छन् ।

बिहीबार राति डोटीको शिखर नगरपालिका-६ तल्कोटमा कारको ठक्करबाट ८ वर्षका बालक गोरख बलायरको ज्यान गएको घटनालाई लिएर आफन्तले डडेल्धुराको स्याउले र डोटीको दिपायल जोड्ने डाक्टर केआईसिंह राजमार्ग बन्द गरेका हुन् । उनीहरुले मृतकका परिवारलाई उचित क्षतिपूर्तिको माग गरेका छन् ।

बाटो बन्द भएपछि गाडी तथा यात्रु शिखर नगरपालिका-६ तल्कोटमा अलपत्र परेका छन् । राजमार्ग खुलाउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराइले बताउनुभयो । बालकलाई ठक्कर दिने से १ त १००९ नम्बरको कार चालक कैलाली धनगढी उपमहानगरपालिका-१ का माधव गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया