सुदूरपश्चिम प्रदेशमा भुवा पर्व : भोलि सार्वजनिक बिदा

 पुस २८, २०७७ मंगलबार १२:५५:१३ | विमल बिष्ट
unn.prixa.net

डोटी - सुदूरपश्चिम प्रदेशमा मनाइने भुवा पर्वको अवसरमा भोलि सार्वजनिक बिदा दिइएको छ । 

भिन्न ठाउँ र समयअनुसार त्यहाँका नौवटै जिल्लामा मनाइने पर्वको अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले मौलिक तथा सांस्कृतिक पर्व भुवा मनाउन बिदा दिने निर्णय भएको जानकारी दिनुभयो ।

सुदूरपश्चिम मन्त्रिपरिषद् बैठकले भुवा पर्वमा वर्षेनि सार्वजनिक बिदा दिँदै आएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया