माइतीघर धर्नामा प्रचण्ड र माधव नेपाल सहभागी

 माघ १८, २०७७ आइतबार १३:३५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभा विघटनको विरोधमा नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष माधवकुमार नेपालले काठमाण्डौको माइतीघरमा धर्ना दिनुभएको छ ।

अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेतृ पम्फा भुसाललगायतका नेताहरु माइतीघरको सडकमा बसेर धर्ना दिएका हुन् । माघ १४ गतेदेखि विभिन्न सङ्गठनहरुले धर्ना दिइरहेकोमा आइतबार (आज) अध्यक्षसहितका नेताहरु नै धर्नामा बसेका हुन् ।

धर्नामा अध्यक्षद्वयको साथमा प्रतिनिधि सभा र प्रदेश सभाका सांसद तथा अन्य नेता कार्यकर्ता पनि सहभागी रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई निरङ्कुश ढङ्गले चलाइरहेको र गणतन्त्र तथा संविधान नै मास्ने नियतले प्रतिनिधि सभा विघटन गरेकाले त्यसको विरोधमा सडक सङ्घर्षमा आउनुपरेको नेताहरुले बताएका छन् । 

यसअघि पनि नेकपाको यो समूह माइतीघरमा धर्नामा बसेको थियो । 

अन्तिम अपडेट: जेठ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया