यूएसएआईडीको संरचना भङ्ग गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको योजना...
माघ २६, २०८१ शनिबार
काठमाण्डौ - कक्षा १२ को परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने एक जना विद्यार्थीको परीक्षा रद्द भएको छ ।
दैलेखको कालीका माविबाट परीक्षा दिएका रोशनकुमार शाहीको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गएकाे मंसिरमा भएको परीक्षामा उनले परीक्षा दिएकै बेला टिकटक बनाएकाले उनको चालु खण्डको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
यस्तै विद्यालयमा निरीक्षकका रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र केन्द्राध्यक्ष चक्रबहादुर शाहीलाई पनि बोर्डले तीन वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी विभागीय कारबाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।