अब आन्दोलन होइन नागरिकको समर्थन रोज्नुपर्छ : नेता नेम्वाङ

 फागुन ६, २०७७ बिहिबार २०:३१:५० | सुजता सुनुवार
unn.prixa.net

इलाम – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता तथा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले अब आन्दोलन नभइ नागरिकको समर्थन रोज्नुपर्ने बताउनुभएको छ । गृह जिल्ला इलाममा बिहीवार आयोजित चुम्लुङ हीम समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘लोकतन्त्रमा छलफल हुन्छ, यसलाई अन्यथा मान्नु हुन्न । अहिले हामी छलफलमा छौँ, आन्दोलन किन गर्ने ?’  नेम्वाङले प्रश्न गर्नुभयो । साथै उहाँले चुनावको तयारी थाल्नुपर्ने सङ्केत गर्नुभयो । 

नेम्वाङले भन्नुभयो, ‘म आग्रह गर्छु, सबै राजनीतिक दलले विनम्रताका साथ आफ्ना कुरा राखौँ । चिन्ता नलिऔँ । जे हुन्छ सर्वाेच्चको फैसलाअनुसार नै हुन्छ, आन्दोलनको आवश्यकता छैन ।’ 

‘नागरिक आफैमा सबल बनिसकेका छन्, अब दलले आन्दोलनमा होइन नागरिकको मन जित्नमा प्रतिस्पर्धा गर्नुपर्छ । यसैमा आ– आफ्नो भलाइ हुने पक्का छ’, उहाँले भन्नुभयो । 

फरक प्रसङ्गमा नेम्वाङले फरक संस्कार, रीतिरिवाज भए पनि हामी नेपालीमा एक हौँ भन्ने भावना छ भन्नेमा विश्वस्त बन्न सबैमा आग्रह गर्नुभयो ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया