यूएसएआईडीको संरचना भङ्ग गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको योजना...
माघ २६, २०८१ शनिबार
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य रघुजी पन्तले प्रतिनिधि सभा विघटनको कदम सर्वोच्च अदालतबाट सच्चिनुपर्ने बताउनुभएको छ ।
नेपाल दलित मुक्ति सङ्गठनले प्रतिनिधि सभा विघटनको विरोधमा सोमबार काठमाण्डाैमा आयोजना गरेको विरोध र्यालीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता पन्तले असंवैधानिक रूपमा भएको प्रतिनिधि सभा विघटन सर्वोच्च अदालतको फैसलाद्वारा सच्चिन सम्भव भएको बताउनुभएको हो । सर्वोच्च अदालतले कसैको जुलुस हेरेर नभइ नेपालको संविधान हेरेर फैसला गरी प्रतिनिधि सभा पुनर्स्थापना गर्नेमा विश्वास रहेको बताउनुभयो ।
नागरिकलाई जागरुक बनाउन र प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा जनमत बनाउन निरन्तर विरोध प्रदर्शन भइरहेको र सर्वोच्चको फैसला नआउञ्जेलसम्मलाई विरोधको कार्यक्रम जारी रहने पनि पन्तकाे भनाइ छ ।
माइतीघर मण्डलादेखि बानेश्वरसम्म भएको र्यालीमा प्रदर्शनकारीहरूले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै नाराबाजीसमेत गरेका थिए । नेपाल दलित मुक्ति सङ्गठन केन्द्रीय सङ्घर्ष समितिका संयोजक दलजित श्रीपाइलीले प्रतिनिधि सभा विघटन गरी प्रधानमन्त्री ओलीले देशमा अस्थिरता पैदा गरेको बताउनुभयो ।
संविधान, गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षतामाथि 'कू' भएको भन्दै संयोजक श्रीपाइलीले संविधानमा भएका दलितका अधिकारहरूसमेत खोसिएको अनुभूति भएकाले प्रतिनिधि सभा पुनर्स्थापनाकाे पक्षमा आन्दोलन गर्नुपरेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।