'प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनु हुँदैन'

 फागुन १२, २०७७ बुधबार ८:५८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पदबाट राजीनामा नदिने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।

ओलीले प्रतिनिधिसभाको सामना गर्ने तर तत्काल प्रधानमन्त्री पदबाट राजीनामा नदिने थापाले फेसबुकमार्फत जानकारी दिनुभएको हो । प्रतिनिधिसभाको समाना गरेर नै सर्वोच्चको फैसलाको कार्यान्वयन गर्ने पक्षमा प्रधानमन्त्री ओली रहनुभएको थापाको भनाइ छ ।

‘सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ । यसका  दुष्प्रभावहरू भविष्यमा देखिंदै जाने निश्चित छ । यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन । बरू अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्नेछ । प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन’ थापाले फेसबुकमा लेख्नुभएको छ ।
 

अन्तिम अपडेट: फागुन १८, २०७७

तपाईको प्रतिक्रिया