पशुपतिनाथमा सुनको जलहरी स्थापित गर्ने काम सम्पन्न

 फागुन १२, २०७७ बुधबार १५:५२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पशुपतिनाथमा सुनको जलहरी स्थापित गर्ने काम सम्पन्न छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा जलहरी अनावरणको पूजा गरेसँगै सुनको जलहरी स्थापित गर्ने काम सम्पन्न भएको पशुपति विकास कोषले जनाएको छ । 

गएकाे पाँच दिनदेखि नेपाल र भारतका एक सय २१ जना ब्राह्मणद्वारा पशुपतिनाथ मन्दिरमा वैदिक र शास्त्रीय विधिपूर्वक भएको क्षमापूजा तथा विभिन्न मुहूर्तमा भएका सङ्कल्प पूजाहरू पनि राष्ट्रपतिले विसर्जन गर्नुभएको कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले जानकारी दिनुभयो । 

मङ्गलवार राति ९ बजेको शुभ साइतमा पशुपतिनाथको मूल मूर्तिको फेदमा सुनको नयाँ जलहरी राखिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा चाँदीको जलहरीमाथि सुनको नयाँ जलहरी राखिएको हो । 

एक सय आठ किलोको जलहरी निर्माणका लागि कोषले राष्ट्र बैंकबाट एक सय चार किलो सुन किनेको हो । बाँकी चार किलो चाँदी तथा तामा मिसाइएको छ ।  

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया