२४ घण्टामा नेपालमा ७८ जनामा काेराेना सङ्क्रमण

 फागुन १६, २०७७ आइतबार १६:५४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर थप ७८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । 

दुई हजार पाँच सय ३२ जनाकाे पीसीआर परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण देखिएको र नेपालमा कोरोना पोजेटिभ पुष्टि हुनेको सङ्ख्या दुई लाख ७४ हजार एक सय ४३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै थप ८२ जना निको भएसँगै काेराेना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार चार सय सात पुगेको छ । 

त्यस्तै सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा एक जनाको ज्यान गएको छ । अहिलेसम्म नेपालमा दुई हजार सात सय ७४ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन् ।   

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया