विराटनगर र पोखराका विभिन्न ठाउँमा आज बत्ती जाने

 फागुन २०, २०७७ बिहीबार ९:२२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज प्रदेश १ को विराटनगर र गण्डकी प्रदेशको पोखराका विभिन्न ठाउँमा बत्ती जाने भएको छ ।

प्रदेश १ को इनरुवा वितरण केन्द्र, इटहरी वितरण केन्द्र र गण्डकी प्रदेशको ग्रामीण उप वितरण केन्द्रअन्तर्गतका विभिन्न ठाउँमा मर्मतको काम गर्नुपर्ने भएकोले विद्युत् लाइन काट्न लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले इनरुवा वितरण केन्द्रमा पर्ने ११ केभी क्षमताको ग्रामीण फिडर, ११ केभी क्षमताकै झुम्का फिडर, ११ केभी क्षमताको लम्की फिडर र उद्योग लबिपुर फिडरको काम गर्न लागेको हो । इनरुवाका विभिन्न ठाउँमा बिहान ८ देखि १२ बजेसम्म बत्ती जानेछ भने उद्योग लिबपुर फिडर अन्तर्गत बिहान ९ देखि दिउँसो ५ बजेसम्म बत्ती जानेछ । यस्तै पोखराको ग्रामीण उप वितरण केन्द्रको लुम्ले फिडरअन्तर्गतका क्षेत्रमा बिहान १० देखि दिउँसो ५ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको छ ।
 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया