उत्तराखण्डकाे मुख्यमन्त्रीमा तीरथ सिंह रावत नियुक्त

 फागुन २६, २०७७ बुधबार १९:१:५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतको उत्तराखण्डको मुख्यमन्त्रीमा तीरथ सिंह रावत नियुक्त हुनुभएको छ । मङ्गलवार त्रिवेन्द्र सिंह रावतले राजीनामा दिएपछि खाली भएको पदमा भारतीय जनता पार्टी (भाजपा) ले तीरथ सिंह रावतलाई नियुक्त गरेको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।

यसअघि भारतीय जनता पार्टीको प्रदेश अध्यक्षसमेत भइसकेका तीरथ सिंह अहिले उत्तराखण्डको पौडी गढवालबाट सांसद हुनुहुन्छ । मुख्यमन्त्रीको कार्यसम्पादन सन्तोषजनक नरहेको हुँदा अर्को वर्ष फेब्रुअरी महिनामा हुने विधानसभा चुनावमा असर पर्न सक्ने भन्दै भाजपाले दबाब दिएपछि त्रिवेन्द्र सिंह रावतले मुख्यमन्त्री पदबाट राजीनामा दिनभएकाे भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।

मुख्यमन्त्रीमा नियुक्त भएसँगै तीरथ सिंह रावतले सपथ पनि लिइसक्नुभएको छ । उहाँले उत्तराखण्डको विकासमा भइरहेको गतिलाई आफ्नो कार्यकालमा पनि निरन्तरता दिने बताउनुभएको छ ।

उत्तराखण्डकाे स्थापना हुँदा तीरथ सिंह रावत प्रदेशका पहिलाे शिक्षा मन्त्री हुनुहुन्थ्याे । त्यसपछि सन् २००७ मा उहाँ उत्तराखण्ड राज्यकाे महासचिव बन्नुभएकाे थियाे । सन् २०१२ मा विधायक चुनिनुभएका रावतलाई सन् २०१३ मा बीजेपीले उत्तराखण्डकाे नेतृत्व सुम्पिएकाे हाे । तीरथ सिंहलाई लाे प्राेफाइल नेता गृह मन्त्री अमित शाहकाे नजिकका मानिन्छ । 

सन् २०१७ काे विधानसभा चुनावमा बीजेपीले यहाँ प्रचण्ड जित हासिल गरेकाे थियाे । ७० सदस्यकाे उत्तराखण्ड विधानसभामा बीजेपीले ५७ सिट जितेकाे थियाे । भारतीय कांग्रेस मात्र ११ सिटमा समेटिएकाे थियाे ।  

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया