कांग्रेस–जसपाबीच सरकार गठनलगायतका विषयमा छलफल हुने

 फागुन २८, २०७७ शुक्रबार १६:०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच छलफल हुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेता र जसपाका नेताबीच छलफल हुने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

शुक्रवार दिउँसो चार बजे देउवा निवास बूढानीलकण्ठमा हुने छलफल सरकार गठनलगायतका विषयमा छलफल हुने बताइएको छ ।

यस्तै जसपासँगको छलफलअघि नेपाली कांग्रेसको पदाधिकारी बैठक पनि बस्दैछ । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले उज्यालोलाई जानकारी दिनुभयो ।

गएकाे पुस ५ गते सरकारले विघटन गरेको प्रतिनिधि सभा सर्वाेच्च अदालतले यही फागुन ११ गते पुनर्स्थापना गर्ने निर्णय गरेपछि र सर्वाेच्चले नै यही फागुन २३ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गठन अमान्य हुने फैसला गरेपछि देशको राजनीतिले नयाँ मोड लिएको छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया