सुनको भाउ पाँच सय रुपैयाँले घट्यो
पुस ५, २०८१ शुक्रबार
काठमाण्डाै - ललितपुर महानगरपालिकाको विभिन्न ठाउँमा टाँसिएका पर्चा हटाउने अभियान आजदेखि सुरु हुँदैछ ।
अभियानको महानरपालिकाका मेयर चिरिबाबु महर्जनले कुपण्डोलको वाग्मती पुलबाट उद्घाटन गर्दै हुनुहुन्छ।
स्वच्छ महानगरपालिका अभियान अन्तर्गत आजदेखि विभिन्न ठाउँमा रहेका पर्चा हटाउन लागिएको हो।
विभिन्न खालका कागजमा लेखिएका पर्चाले सहर कुरुप बनाएकाले हटाउन लागिएको ललितपुर महानगरपालिकाले जनाएको छ । यस्तै, सहरलाई सुन्दर बनाउन आजदेखि अन्य योजना पनि लागू गर्ने महानगरपालिकाको तयारी छ ।
अबदेखि जथाभाबी पर्चा टाँस्न नपाइने र यो नियमको अटेर गरे कारबाही हुने महानगरपालिकाले जनाएको छ । स्वच्छ सहर अभियान अन्तर्गत योभन्दा अगाडि पनि महानगरपालिकाभित्र रहेका होर्डिङ बोर्ड र जाँडरक्सीका विज्ञापन गरिएको बोर्ड महानगरपालिकाले हटाएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।