सेती नदीमा पौडी खेल्ने क्रममा एक जनाको ज्यान गयो

 चैत २१, २०७७ शनिबार १८:१३:१८ | विमल बिष्ट

डोटी – डोटीको सेती नदीमा पौडी खेल्ने क्रममा आज शनिबार दिउँसो एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार डुबेर ज्यान गुमाउनेमा सेती प्राविधिक शिक्षालय दिपायलमा सिभिल इन्जिनियर पढ्दै गरेका दार्चुला जिल्लाको मालिकार्जुन घर भएका १७ वर्षीय दिपेन्द्रसिंह धामी रहेका छन् ।

शिखर नगरपालिका–२ मुडेगाउँको कालागाड नजिकै रहेको प्रसिद्ध धार्मिक स्थल सालमुनीमा आज शनिबार पूजामा गएको समयमा सेती नदीमा पौडी खेल्ने क्रममा नदिभित्रको हिलोमा अड्किएर उहाँको ज्यान गएको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया