विपीन जोशीको रिहाइका लागि पहल गर्न अरब संसद्का अध्यक्षलाई सभा...
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै - एक दशकयताकै यो वर्ष धेरै आगलागीका घटना भएका छन् । हिउँदे वर्षा कम भएकाले गएका वर्षहरूको तुलनामा आगलागीका घटना धेरै भएका हुन् । बाँकेको नरैनापुर, जुम्ला, सुर्खेतलगायतका ठाउँमा धेरै आगलागीका भएका छन् ।
आगलागी नियन्त्रणका लागि सङ्घ, प्रदेश र पालिका तीन वटै तहका सरकारले सक्रियतापूर्वक लागिरहेका छन् । आगलागी प्रभावितहरूका लागि आवश्यक राहत सामग्री वितरणको काम पनि भइरहेको छ । बढी प्रभावित भएका ठाउँमा, जिल्ला विपद् व्यवस्थापन समितिले सक्रिय रुपमा काम गरिरहेको छ । अझै केही सहयोग आवश्यक परेमा सरकार तयारी अवस्थामा नै रहेको छ ।
सकेसम्म आगो लाग्न नदिन र आगो लागेको ठाउँमा निभाउनका लागि सबैको सक्रिय सहभागिता आवश्यक भए पनि सबैभन्दा ठूलो भूमिका व्यक्तिको नै हुन्छ । कुनै व्यक्तिको घरमा आगलागी भयो भने आगो निभाउन समुदायका मानिसहरु नै लागि पर्छन् ।
त्यसपछि नेपाली सेना, नेपाल प्रहरी, जिल्ला विपद् व्यवस्थापन समिति अन्तर्गतको संयन्त्र, अनि अरु मानवीय सेवाका लागि क्रियाशिल संस्था, नेपाल रेडक्रस सोसाइटी र स्वयंसेवक सबैको सक्रियतामा आगलागी नियन्त्रणको प्रयास हुने हो ।
धेरै आगलागीका घटना मानवीय कमजोरीका कारण हुने गरेको पाइएकाले सबैभन्दा पहिला व्यक्ति सचेत हुन जरुरी छ । आगलागी हुनुका अरु कारणमा विद्युतीय उपकरणको राम्ररी प्रयोग नहुनु, ग्यास चुहावट लगायतका कारणले गर्दा आगलागीका घटना बढिरहेका छन् । घाँसको सामान्य लोभका कारण पनि जङ्गलमा आगो लगाएको पाइन्छ ।
यी कारणले पनि बन डढेलोको भयावह रुप देखिएको छ । अहिलेको विपद् व्यवस्थापन ऐनले कसुर गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउने कानुन रहेको छ । यो ढङ्गले पनि निरीक्षण गरिएको छ । खासगरी जिल्ला विपद् व्यवस्थापन समिति र मातहतका निकायलाई पनि खबर गरिएको छ ।
व्यक्ति, समुदाय र सम्भावित आगलागीको जोखिम न्यूनीकरणमा सबैको प्रयास हुन आवश्यक छ । पालिकाहरुले पनि दमकल लगायतका सबै खालको पूर्वाधार तयारी अवस्थामा राखेका छन् । तर त्यति मात्र पर्याप्त भने होइन ।
सचेतनाको कार्यक्रमहरु सञ्चालन गर्ने लगायत सरकारी तवरबाट पनि विभिन्न खालका कार्यक्रमहरु हुन जरुरी छ । गृह मन्त्रालय मातहतको प्राधिकरण, प्रदेश विपद् कार्यकारी परिषद् कार्यकारी समितिहरु पनि सक्रिय हुन जरुरी छ । जिल्लामा पनि जिल्ला विपद् व्यवस्थापन समितिहरुले काम गरिरहेका छन् । स्थानीयस्तरबाट पनि काम भइरहेका छन् । तर पर्याप्त भने छैनन् । अझ प्रभावकारी बनाएर लैजानुपर्ने अवस्था छ।
केही पालिकाहरुले आगो नियन्त्रणमा एकदमै राम्रो काम गरिरहेका छन् । केही पालिकामा जनशक्ति स्रोतसाधन तथा प्रविधि लगायतको अभावका कारण केही कमिकमजोरी पनि देखिन्छन् । मानवीय सहायताका क्षेत्रमा क्रियाशिल सङ्घसंस्थासँग समन्वय पनि भइरहेको छ । यद्यपी आगलागी र डढेलोका घटना भयावह भइरहेका छन् । भयावह अवस्थामा रहेको आगलागीको घटनालाई कम गर्न अरु प्रयासहरु हुन र सघनता ल्याउन आवश्यक हुन्छ ।
नेपाली सेना, पालिकामा भएका जनशक्ति र प्रविधि पर्याप्त भने छैनन् । भएकाको पनि कसरी प्रयोग गर्ने भन्न प्रशिक्षण हुन आवश्यक छ । आगो नियन्त्रणका लागि आवश्यक पर्ने पर्याप्त उपकरण उपलब्ध गराउने काम भइरहेको छ । कतिपय नीतिहरु बनेका छन् । कार्यान्वयनको चरणमा रहेको छ । स्रोत, साधन र दक्षता दिने सबै खालका काम भइरहेका छन् ।
विपद्जन्य घटना न्यूनीकरणका लागि पूर्णरुपमा, पूर्व तयारीको अभाव केही मात्रामा भएको हो । तर पूर्वतयारी नै नभएको भने होइन ।
(राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङसँग जानुका दुवाडीले गर्नुभएको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।