अख्तियारको कार्यालय बुटवलमा एक वर्षमा ८ सय ५७ उजुरी

 भदौ ६, २०७५ बुधबार ७:५६:२८ | भवानीप्रसाद पाण्डे

रुपन्देही – अख्तियार दुरुपयोग अनुुसन्धान आयोगको बुटवल कार्यालयमा एक वर्षमा ८ सय ५७ उजुरी परेका छन् ।

परेका उजुरीमध्ये ४ सय ७२ फरछौट भएका छन् । उजुरी सबैभन्दा बढी रुपन्देही र सबैभन्दा कम उजुरी गुल्मीका रहेका छन् । अख्तियारको तथ्याङ्क अनुसार गएको साउन महिनामा मात्रै १ सय ५१ उजुरी परेका छन् ।

जनप्रतिनिधिहरुले कर्मचारी नियुक्त गरेका, निर्माणका काम नजिकका नातेदारलाई ठेक्का दिएको, निर्माण कार्यमा गुणस्तरियता नदेखिएको लगायतका उजुरी बढी परेको अख्तियार बुटवलका प्रमुख सहसचिव रवीलाल पन्थले जाकारी दिनुभयो ।

त्यो कार्यालयले आर्थिक वर्षमा ४ करोड बढी असुल उपर गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा भ्रष्टाचारको कारबाहीबाट ४ करोड ८ लाख २९ हजार ५ सय ६३ रुपैयाँ असुल उपर गरेको छ ।

अख्तियारको बुटवल कार्यालयले प्रदेश नम्बर पाँचको सबै १२ जिल्ला कार्यक्षेत्र हुन ।  

अन्तिम अपडेट: चैत १६, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया