२४ घण्टामा ४६० जनामा काेराेना सङ्क्रमण, ५ जनाकाे ज्यान गयाे

 चैत ३१, २०७७ मंगलबार १६:५६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा पीसीआर परीक्षणबाट चार सय ६० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

४३ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा चार सय ६० जना र आठ सय १७ जनाको एन्टिजेन परीक्षण गर्दा ५७ जना गरी कुल पाँच सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ८० हजार नौ सय ८४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय ५३ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७४ हजार तीन सय १८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थप पाँच जनाको ज्यान गएसँगै नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट तीन हजार ५८ जनाले ज्यान गुमाएका छन् ।

अहिले नेपालमा ३६ सय आठ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ३३ जना आईसीयू र १३ जना भेन्टिलेटरमा उपचार गराइरहेका मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया