एनपीएलको उद्घाटन खेलकाे सबै टिकट बिक्री, ३३ लाख रुपैयाँभन्दा...
मंसिर १२, २०८१ बुधबार
रुसले सिरियामा भइरहेको द्वन्द्वका लागि ६३ हजारभन्दा बढी सेना पठाएको जनाएको छ ।
रुसको रक्षा मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार ६३ हजार १२ जना रुसी सुरक्षाकर्मी सिरिया पठाइएको हो । ‘लडाइँसम्बन्धी अनुभव भएका’ व्यक्तिहरू युद्ध प्रभावित मुलुक सिरिया पठाइएको मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।
'उनीहरूमध्ये २५ हजार ७३८ जना अधिकृतस्तरका र ४३४ जना सामान्य र अरू ४ हजार ३४९ जना हतियार र रकेटसम्बन्धी विज्ञ रहेका छन्', मन्त्रालयका अधिकारीले भनेका छन् ।
रुसका रक्षा मन्त्री सेर्गेइ सोइगुले गत सन् २०१७ को डिसेम्बर महिनामा पनि ४८ हजार भन्दा बढी यस्तै सैन्य व्यक्ति सिरियाली अभियानका लागि पठाइएको जानकारी दिनुभयो ।
सन् २०११ देखि शुरु भएको सिरिया युद्वमा परि अहिलेसम्म तीन लाख ५० हजारभन्दा बढीको मृत्यु भएको छ भने अरू लाखौँ विस्थापित भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।