डोटीमा आज रातिदेखि दश दिनका लागि निषेधाज्ञा

 बैशाख २१, २०७८ मंगलबार १८:०:५० | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीमा कोरोना भाइरसकाे सङ्क्रमण बढ्दै गएपछि आज मङ्गलबार राति १२ बजेदेखि लागू हुने गरी दश दिनका लागि निषेधाज्ञा जारी गरिएको छ ।

कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले मङ्गलबार राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिनुभयो ।

​जिल्ला स्वास्थ्य कार्यालयका अनुसार वैशाख ५ देखि यता डाेटीमा एक सय ७३ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने सङ्क्रमणका कारण दुई जनाको ज्यान गइसकेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया