मुख्यमन्त्री भट्टलाई मातृशोक

 बैशाख २३, २०७८ बिहिबार १८:२९:१७ | विमल बिष्ट
unn.prixa.net

मुख्यमन्त्री भट्टकी आमा

डाेटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक परेको छ । केआईसिंह गाउँपालिका–६ फलेडीका स्थायी बासिन्दा रहनुभएकी मुख्यमन्त्री भट्टकी आमा ८४ वर्षीया शारदाको बिहीवार (आज) निधन भएको हो ।

केही दिन पहिलेदेखि स्वास्थ्यमा समस्या आएपछि उहाँको आज आफ्नै निवासमा निधन भएको मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो ।

मुख्यमन्त्री भट्ट अहिले आफ्नो निवास डोटी पुगिसक्नुभएको र आमाको अन्त्येष्टि शुक्रवार मात्रै गरिने उहाँका घरपरिवारले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया