सगरमाथा आधार शिविरमा लडेर एक नेपालीकाे ज्यान गयाे

 जेठ ४, २०७८ मंगलबार २०:३२:१२ | सुवास दर्नाल
unn.prixa.net

प्रतिकात्मक तस्बिर

साेलुखुम्बु – सगरमाथा आधार शिविरको क्याम्प १ र २ को खरपासमा एक जना नेपाली गाइडको ज्यान गएको छ ।

मङ्गलवार बिहान ५ बजे आधार शिविरबाट तल झर्ने क्रममा लडेर क्लाइम्बिङ गाइड पेम्बा टासी शेर्पाकाे ज्यान गएको पर्यटन विभागकी निर्देशक मीरा आर्चायले जानकारी दिनुभयो ।

सङ्खुवासभा घर भएका शेर्पा ट्याग नेपाल ट्रेक्स प्रालीमार्फत सगरमाथा क्षेत्र जानुभएको थियो ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया