लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम भयाे : पत्रकार महासंघ

 जेठ ८, २०७८ शनिबार १४:४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल पत्रकार महासंघले संविधान बमोजिम वैकल्पिक सरकार बन्न सक्ने अवस्था हुँदाहुँदै प्रतिनिधि सभा विघटन गरेर चुनाव घोषणा गर्ने कदमले लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम भएको बताएको छ ।

महासंघका महासचिव रोशन पुरीले निकालेको विज्ञप्तिमा प्रतिनिधि सभा विघटन गरेर चुनाव घोषणा गर्ने कदमले संविधान तथा संसदको हुर्मत लिने, लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम भएको उल्लेख गरिएको छ । पत्रकार महासंघले नागरिकलाई संविधान प्रतिकूलको चुनाव नभएर अहिले कोरोना महामारीबाट बच्च खोप चाहिएको जनाएको छ ।

अस्पतालमा शैया, अक्सिजनलगायत सामग्रीको खाँचो रहेको अवस्थामा उपचारमा ध्यान दिएर मध्यरातमा चुनावको सिफारिस गर्नु गणतन्त्रप्रति प्रहार भएको महासंघको ठहर छ ।

 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया