कोरोना भाइरस : भारतीय भेरियन्ट नभन्न सामाजिक सञ्जाल कम्पनीहरुलाई भारतको निर्देशन

 जेठ ९, २०७८ आइतबार ७:५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतले कोरोना भाइरसको भारतीय भेरियन्ट उल्लेख भएका सामग्रीहरु हटाउन सामाजिक सञ्जाल कम्पनीहरुलाई निर्देशन दिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले भारतीय भेरियन्ट नभइ बी. १. ६१७ नाम दिएकाले यसलाई भारतीय भेरियन्ट भनेर प्रचार गरिनु गलत भएकाले त्यस्ता सामग्री हटाउन फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जाललाई निर्देशन दिएको भारतको सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसका भेरियन्टहरु पहिलो पटक देखिएको ठाउँअनुसार यूके भेरियन्ट, ब्राजिलियन भेरियन्ट, भारतीय भेरियन्ट जस्ता नाममा चिनिँदै आएको छ । अघिल्लो महिना भारतले कोरोना महामारी नियन्त्रणलाई लिएर सरकारको आलोचना भएका सामग्री हटाउन सामाजिक सञ्जाललाई निर्देशन दिएपछि सरकारको आलोचना भएको थियो ।

यसैबीच भारतमा नयाँ सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । पछिल्लो २४ घण्टामा दुई लाख ४३ हजार सात सयमा सङ्क्रमण देखिएको र तीन हजार सात सय ८८ जनाको सङ्क्रमणका कारण ज्यान गएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया