१५ दिनमा खाेप खरिदकाे विषय टुङ्गाे लाग्छ : मन्त्री ज्ञवाली

 जेठ १४, २०७८ शुक्रबार १५:११:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले अबको १५ दिनमा काेभिड–१९ खोप खरिदको विषय टुङ्गो लाग्ने बताउनुभएको छ । स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल कार्यक्रममा उहाँले विभिन्न देशमा खोप खरिदका लागि पहल गरिरहेको र सकारात्मक जवाफ आएको बताउनुभएको हो । 

यस्तै मन्त्री ज्ञवालीले चीनले अनुदान स्वरूप दिने भनेको १० लाख डोज कोभिड खोपमध्ये दुई लाख डोज खाेप आउँदाे आइतवार नेपाल आउने पनि बताउनुभयो । बाँकी आठ लाख डोज खाेप आउँदो मङ्गलवारसम्ममा आउने उहाँले बताउनुभयो ।  

गएकाे बुधवार (अस्ति) राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिजपिङबीच भएको टेलिफोन संवादपछि चीनले नेपाललाई १० लाख डोज कोभिड खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको थियो । यसअघि पनि चीनले नेपाललाई आठ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो । 

यसैबीच कोभिशिल्ड खोपको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई एस्ट्राजेनेकाको खोप दोस्रो डोजका रूपमा लगाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६५ वर्षमाथिका झन्डै साढे चार लाख ज्येष्ठ नागरिकलाई एस्ट्राजेनेकाको खोप लगाउने तयारी गरेको हो । 

भारतले कोभिशिल्ड खोप निर्यातमा प्रतिबन्ध लगाएपछि तत्काल खोप आउने सम्भावना नभएकाले त्यसको विकल्पमा एस्ट्राजेनेकाको खोप दिने तयारी गरेको स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखा निर्देशक डाक्टर तारानाथ पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार कोभ्याक्सलाई एस्ट्राजेनेका वा जोनसन एन्ड जोनसनको खोप उपलब्ध गराइदिन सिफारिस गरिसकिएको छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया