डोटीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयो, एक जना घाइते

 जेठ २८, २०७८ शुक्रबार १०:१६:३५ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको दिपायल सिलगढी नगरपालिका ४ समुहगाढमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । दुर्घटनामा कैलालीको धनगढी उपमहानगरपालिका ५ तारानगरका ५० वर्षीय जीप चालक हुकुम शाहको ज्यान गएको प्रहरीले जनाएको छ । त्यस्तै बाजुराको बूढीगङ्गा नगरपालिका ८ का २६ वर्षीया देवकुमारी शाह घाइते हुनुभएको हो ।

घाइते शाहकाे को दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको र उहाँको अवस्था गम्भीर रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कान्तिराज जोशीका अनुसार कैलालीबाट ब्रोइलर कुखुराका चल्ला र दाना लिएर आउँदै गरेको सु. प्र. प. ००१००१ च २६१५ नम्बरको जीप शुक्रवार बिहान पौने पाँच बजे दुर्घटनामा परेको हो ।

जीप अनियन्त्रित भइ सडकबाट झन्डै एक सय मिटर तल खसेको उहाँले बताउनुभयाे ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया