क्रेनले प्रसारण लाइनमा छुँदा साेलुखुम्बुमा दुई जनाकाे ज्यान गयाे

 जेठ २८, २०७८ शुक्रबार १०:५२:४९ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु – सोलुखुम्बुको पत्तालेमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा ट्रकका चालक बाग्लुङका २६ वर्षीय भूमिराज मरासिनी र क्रेनका चालक स्याङजाका २४ वर्षीय रामबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेहरूमा मृतक परियारका श्रीमती लीला परियार र गुल्मीका वसन्त पौडेल रहेका छन् । 

घाइतेमध्ये पाैडेलकाे अवस्था सामान्य छ भने परियारकाे जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डीएसपी) कवित कटवालले जानकारी दिनुभयो ।

डीएसपी कटवालका अनुसार आज (शुक्रवार) बिहान साढे आठ बजेतिर ग १ क ५१ ७३ नम्बरको ट्रकमा लोड गरेर लगिएकाे क्रेनले हाई टेन्शन लाइनकाे तारमा छाेएकाे हो । करेन्ट लाग्दा गाडीमा आगलागी भएको प्रहरीले जनाएको छ । सोलु हाइड्रोपावर आयाेजनाकाे क्रेन पोखरा मर्मतका लागि लैजाँदै गर्दा दुर्घटना भएको बताइएको छ ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया