डोटीमा रोकिएन बालविवाह, उमेर नपुगी गरिएको एउटा विवाह बदर

 जेठ ३०, २०७८ आइतबार १०:२८:५८ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीमा उमेर नपुगी गरिएको एउटा विवाहलाई प्रहरीले बदर गरेको छ । जिल्लाको सायल गाउँपालिकाका २१ वर्षका युवकले दिपायल सिलगढी नगरपालिकाकी १७ वर्षकी किशोरीसँग गरेको विवाहलाई प्रहरीले बदर गरेको हो। प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार दिपायलको नगरस्तरीय बाल क्लबले बालविवाह भएको भन्दै यो विवाह बदर गर्न जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

उजुरीका आधारमा प्रहरीले बालविवाहलाई बदर गरि बालिकालाई आफन्तको जिम्मा लगाएको छ । सानै उमेरमा छोरीको विवाह गरे पुण्य प्राप्त हुन्छ भन्ने मान्यताले डोटीमा बालविवाह अझै कायमै रहेको त्यहाँका दीपक थापाले बताउनुभयो । बालविवाह अन्त्य गर्न रणनीतिक योजना तयार गरि लागू गरेको भए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन् । नेपालको कानुनमा २० वर्षभन्दा कम उमेरमा विवाह गर्न नपाइने उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया