डोटीमा पहिरोमा पुरिएका एक जनाको ज्यान गयो, दुई घाइते

 असार २, २०७८ बुधबार १२:६:३९ | विमल बिष्ट
unn.prixa.net

डाेटी – डोटीमा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । केआईसिंह गाउँपालिका–३ बासुदेवी देउकाँडाका ६५ वर्षका खडकबहादुर बमको ज्यान गएको प्रहरीले जनाएको छ ।

गाउँका धारापानीमा खानेपानी बन्द भएपछि मर्मतका लागि मुहानमा गएका बेला उहाँलाई पहिरोले पुरेको हो । बमसँगै गएका १३ वर्षकी पुनी कुँवर र १६ वर्षकी पुजा कुँवर घाइते भएका छन् । उनीहरुको उपचारको लागि दिपायल लगिएकाे प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया